देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माेदीजीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन ।

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् ।

“हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं,’  भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।’