काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार राष्ट्रपति युन सुक–योललाई आधिकारिक रूपमा उनको पदबाट हटाएको छ। अदालतले सर्वसम्मतिले यो निर्णय दिएको हो। कोरियामा आगामी दुई महिनामा राष्ट्रपतिको चुनाव हुँदै छ।
योलले डिसेम्बर ३ मा देशमा ‘मार्शल’ घोषणा गरेका थिए । साथै, सेना र प्रहरी अधिकारीहरूलाई देशको संसद (राष्ट्रिय सभा) मा पठाइएको थियो।
यसपछि, डिसेम्बर १४ मा राष्ट्रिय सभाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो र उनलाई पदबाट हटाइएको थियो।
प्रस्तावमा योलमाथि संविधान र अन्य कानुनहरूको उल्लंघन गरेको, व्यवस्थापिकाको स्वतन्त्रतामाथि आक्रमण गरेको र देशको शान्ति खलबल्याएको आरोप लगाइएको छ।
प्रतिक्रिया