काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज बिहान महानगरको कार्यालयमा हाजिर हुन पुगेका छन् ।
केही जनप्रतिनिधिसहित कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रहरीको सुरक्षा घेरा तोडेर कार्यालय प्रवेश गराएका हुन् ।
कानुनविपरीत कार्य गरेको र उचित कारबाही गरिनुपर्ने भन्दै महानगर प्रमुख बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई प्रवेश रोक लगाएका थिए । गुरागाईंलाई कार्यालय प्रवेश गर्नबाट रोक्न नगर प्रहरी परिचालन गरिएको भए पनि केही जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई रोक्न नदिई कार्यालय प्रवेश गराएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा काठमाडौं महानगरका कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन् ।
प्रतिक्रिया