देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात संगठनको गठबन्धन पछार्दै त्रिचन्द्रमा नेविसंघको प्यानलै विजयी

देशान्तर

काठमाडौं । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्।

सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन्।

यहाँ नेविसंघविरुद्ध ७ विद्यार्थी संगठनको गठबन्धन थियो। त्यति मात्रै नभएर नेविसंघबाटै वागी उम्मेदवारी परेको थियो ।

सात संगठनको गठबन्धन र आफ्नै वागीलाई पराजित गर्दै नेविसंघका कोइरालाको प्यानलै निर्वाचित भएको हो ।

अचम्मको कुरा त के छ भने सात विद्यार्थी संगठनले गठबन्धन बनाएर चुनाव लड्दा पनि दोस्रोमा नेविसंघकै वागी प्यानल आयो ।