देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।

मंगलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।