काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । बीबीसीका अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडका छुट्टाछुट्टै भूकम्प गएका हुन् ।
बुधबार (आज) बिहान गएको भूकम्पमा पाकिस्तानको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर र अफगानिस्तानमा १९३ किलोमिटर तल रहेको छ । भूकम्पबाट के–केति क्षति भएको त्यसको विवरण भने अहिले सम्म आएको छैन ।
गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले ठूलो विनाश गरेको छ । पछिल्लो जानकारी अनुसार म्यानमारमा २ हजार ७१९ जनाको मृत्यु भएको छ, ४ हजार ५२१ जना घाइते छन् ।
घाइते उद्धार तथा उपचार कार्य अहिले पनि जारी रहेको छ । सोही भूकम्पमा परी थाइल्याण्डको बैंककमा समेत २० जनाको मृत्यु भएको छ । भूकम्पको धक्का भारत, बंगलादेश सम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया