काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि सुनको भाउ लगातार घटेको छ। नेपाली बजारमा शुक्रबारदेखि सुनको मूल्य घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएकोमा शुक्रबार १ हजार घटेको थियो।
यसैगरी आइतबार ९ सय र सोमबार ६ सय घटेको थियो। आज मंगलबार २ सय घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ।
प्रतिक्रिया