काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ।
चैत ५ गते स्ववियु निर्वाचन तोकिएको भए पनि तालबन्दीका कारण स्थगित भएको थियो। निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार सूचना निकालेर चैत १३ गते स्ववियु निर्वाचन हुने जनाएका हुन् । सूचनामा चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने उल्लेख छ।
त्रिचन्द्र स्ववियु अध्यक्षमा विभिन्न संघसंगठन र स्वतन्त्र गरी ९ जना उम्मेदवार बनेको छन्।
प्रतिक्रिया