देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईं निर्वाचित

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं कूल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरि निर्वाचित भएका छन्। गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो।

अर्का अध्यक्ष पदका उम्मेदवारहरु विकास थापाले ८८ मत र कल्पना खड्काले १३ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समूहकै उम्मेदवार बिजयी भएका छन् । चम्लागाईं समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत र पासवानले ३५५ मत पाएका छन् ।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन्।