काठमाडौं । सूचना तथा प्रसारण विभागले यस बर्ष ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ । आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको बताइएको छ । यो बिमा एक वर्षका लागि लागु हुनेछ ।
विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलो पटक ३७ जनाले मात्रै आवेदन दिएपछि दोस्रो पटक पुन माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले बर्षेनी सूचना प्रकाशित गरेर आवेदन संकलन गरी बीमा गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको प्रति नेपाल पत्रकार महासङ्घले चिन्ता व्यक्त गरेको छ ।ल पत्रकार महासङ्घले चिन्ता व्यक्त गरेको छ ।
प्रतिक्रिया