काठमाडौं । वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काउन काम भइरहेको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।
२०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।
संस्कृत विश्वविद्यालय विसं २०४३ सालमा त्रिविबाट छुट्टिएको हो । भवन भत्काइएको स्थान संस्कृत विश्वविद्यालयले आफूले पाउनुपर्ने दाबी गरेको छ । भूकम्प आउनुअघिसम्म झण्डै ३० वर्ष उक्त भवनमा संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय थियो ।
जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो ।






तस्बिर: नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया