देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको हेर्दाहेर्दैमा राखेको मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ । मुद्दालाई थियो । आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइविना उनीहरुको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।


प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, नहकुल सुवेदीको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको छ ।