काठमाडौं । बुधबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ८ सयले बढेको हो ।
हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनआज १ लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य नेपाली बजारमा सबैभन्दा महँगो कायम भएको छ ।
यस्तै चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया