देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेखरले भेटे प्रकृतिको परिवारलाई

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखदमा घटनामा परी निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घटनालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए । कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए ।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।