देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकाले ५० लाख डलरको गोल्ड कार्ड बेच्ने

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।

गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् । राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने जनाएको छ ।