देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गायक रामकृष्ण ढकालले चलचित्र निर्माण गर्ने

देशान्तर


काठमाडौं । नेपाली सुगम संगीतका प्रसिद्ध गायक तथा ‘आशीर्वाद’ चलचित्रका नायक समेत रहेका रामकृष्ण ढकालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
चलचित्रको निर्माण ढकालले आफ्नी छोरी रानीको नामबाट खोलेको रानी म्युजिक इन्टरनेसनलबाट हुनेछ ।


चलचित्रको घोषणा गर्दै गायक ढकालले भनेका छन्, ‘समय कति छिटो बित्दो रहेछ ! आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ । अब फेरि पनि फिल्मसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यसपटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माताको रूपमा तपाईंहरूसामु आउँदै छु । यो फिल्मले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ ।’
चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश)ले गर्नेछन् । कथा पनि उनी स्वयंको हो । कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् । चलचित्रका लागि कलाकार छनोट हुन बाँकी रहेको निर्माता ढकालले जानकारी दिएका छन् ।