देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘एक्टर’ र ‘एक्टरः टेक वान’ पालैपालो मुद्दा मामिलामा

देशान्तर


काठमाडौं । पहिले चलचित्र प्रदर्शनका दिन ‘एक्टर’का निर्माताले प्रतिलिपि अधिकार हनन भएको भन्दै ‘एक्टरः टेक वान’का निर्माताविरुद्ध मुद्दा दर्ता गरेपछि अदालतले माघ १५ गते अन्तरिम आदेश दिँदै तत्कालका लागि ‘एक्टरः टेक वान’को प्रदर्शन स्थगित गर्न आदेश दिएको थियो । जसका कारण माघ १६ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको प्रदर्शन रोकिएको थियो । तर, माघ १७ गते दुवै पक्षबीच छलफल भएपछि ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिएका थिए । त्यसपछि चलचित्र प्रदर्शनमा आएको थियो । त्यस समयमा आर्थिक लेनदेन नगरी सम्झौता गरिएको भनिएको थियो ।


तर अहिले ‘एक्टरः टेक वान’का निर्माताले चलचित्र ‘एक्टर’का निर्माताविरुद्ध अदालतमा दायर गरेको फिराद पत्रमा फिल्म रिलिज गर्दा अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूले एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ । चलचित्रका निर्माताले सम्झौता लिखित बदर गरी अनुचित समृद्धिको चेक बदर गरी पाउन भन्दै मुद्दा दायर गरेपछि लेनदेनमा सहमति भएको देखिएको छ ।

फिराद पत्रमा भनिएको छ–‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेशविपरीत हामी फिरादकर्ताहरूसँग एक्टर टेक वान चलचित्र प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याई, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्तिबापत भन्दै अनुचित रूपमा १५ लाखको चेक लिएकाले अधृत फिल्म्स् प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत रद्द गरिपाऊँ ।’
यो मुद्दामा अदालतले चैत ६ गतेसम्म उपस्थित हुन आदेश दिएको छ ।