देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चलचित्र ‘कार्की साइँला’ निर्माण हुने

देशान्तर


काठमाडौं । डम्बरबहादुर राईको कथा र छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद रहने ढाकर बोक्ने भरियाको कथामा निर्माण हुने चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ ।


कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।


बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रको थिम पोस्टरमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । भुइँमान्छेको कथा भन्ने यो चलचित्रले ग्रामीण जीवनको भोगाइ भन्नेछ । चलचित्रमा जीवननाथ गौतमको गीत समावेश छ । चलचित्र धनकुटा को सहिदभूमि गाउँपालिकामा छायांकन गरिने र कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले जनाएको छ ।