काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् ।
बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका हुन् । उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ ।
ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरे ।
उनले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको बताए । अर्को वर्षबाट अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउनेगरी काम गरिरहेको पनि उनले बताए ।
प्रतिक्रिया