देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’बीच सहमति

देशान्तर

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’बीच सहमति भएको छ । दुई पक्षबीच भएको छलफलमा चलचित्र ‘एक्टर : टेक वान’लाई चलचित्र हलमा निर्वाध प्रदर्शन गर्न सहयोग गर्ने सहमति भएको हो ।


काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा ‘एक्टर’का निर्माताले फिर्ता लिने भएका छन् । शुक्रबार अदालत खुल्नेबित्तिकै मुद्दा फिर्ता लिने सहमति भएको छ । ‘एक्टर’का निर्माता प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै अदालत पुगेपछि माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो । जिल्ला अदालतले चलचित्रको रिलिज रोक्न अल्पकालिन आदेश दिएको थियो । अदालतको आदेशपछि हलहरुले ‘एक्टर टेक वान’को रिलिज रोकेका थिए । दुवै चलचित्रका निर्माण पक्षबीच भएको संवादपछि सहमति जुटेको हो ।

एक्टर टेक वानका तर्फबाट निर्माताद्वय थमन भण्डारी र मोती कार्की तथा एक्टरका तर्फबाट मनोहरि थापा, सम्राट थापा र कानून व्यवसायी यज्ञमणि न्यौपाने छलफलमा बसेका थिए । चलचित्रलाई भोलि नै रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।