देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णयबाट ह्वाइटहाउस पछि हट्यो

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको छ ।


राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो । अदालतको आदेश पछि ह्वाइटहाउसले वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय स्थगित गरेको हो ।