देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो ।


फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य संस्था तथा बिक्रेताले यस्ता उत्पादनको खुलेआम प्रचार एवं गरी बिक्री गरिरहेको पाइएकाले मन्त्रालयले कारबाहीका निम्ति सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।