देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ -देउवा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताएका छन् । बुधबार नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिएकोमा उनले प्रशंसा समेत गरे । उनले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।


नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले जानकारी दिए । मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि भएको उनले बताए । राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्ने उनले जिकिर गरे ।