देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माधव नेपालले किन खोसे घनश्याम पक्षका नेताको जिम्मेवारी ?

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशनबाटै जिम्मेवारीमुक्त गरेका छन्। उनले युवा संघ नेपाल र अनेरास्ववियुका केन्द्रीय अध्यक्षहरूलाई जिम्मेवारीमुक्त गरेका हुन्।

अन्तरपार्टी निर्देशनमा अरू भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार दिइए पनि विद्यार्थी संगठन अनेरास्वियुका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई भने अपानीबाटै हटाइएको हो।

लामा र विश्वकर्मा दुवै पार्टी महासचिव घनश्याम भुसालनिकट मानिन्छन्। गत महाधिवशेनमा पनि उनीहरूले भुसाललाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर लबिइङ गरेका थिए।

नेकपा एकीकृत समाजवादीले विश्वकर्मालाई म्याग्दी जिल्लाको ईन्चार्ज र लामालाई सर्लाही जिल्लाको सहईन्चार्ज तोकेको छ।

युवा संघको अध्यक्षमा विश्वकर्मा छनौट भएपछि अर्का नेता नितेश पौडेलले समानान्तर समिति बनाएका थिए।