काठमाडौं। भारत, उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलाको संगम तटमा भागदौड हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।
भागदौडपछि मौनी अमावस्याको अमृत स्नान रद्द गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। संगम नाकामा अचानक फैलिएको अफवाहका कारण भागदौड मच्चिएको थियो।
महाकुम्भ मेला जनवरी १३ देखि सुरु भएको हो। हालसम्म १५ करोड बढीले गंगा स्नान गरिसकेको अनुमान छ। आज मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी भएर स्नान गर्ने अपेक्षा गरिएको थियो।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोन गरेर घटनाको जानकारी लिएका छन्।
प्रतिक्रिया