देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घरजग्गा व्यवसायी लामामाथि आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा

देशान्तर

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी पुर्पक्षका लागि सुन्धारा कारागार चलान भएका छन् । यसअघि विक्रममाथि आक्रमण गर्ने गोरखाको गण्डकी गाउँपालिका–४ का निश्चल सुनार र नुवाकोटको बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङलाई समेत काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
नुवाकोटको ककनी–४ का लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार भारतबाट पक्राउ गरेको थियो । उनीसँगै कार्यालयको टोलीले अर्का अभियुक्त गोरखाको आरुघाट–७ का दीपक बरामुलाई समेत पक्राउ गरेको थियो । बरामुलाई भने एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।


भारतबाट पक्राउ परेका अर्का आरोपी गोरखाको आरूघाट गाउँपालिका–८ का सिजन अधिकारीलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो ।