देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘एक्टर :टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश

देशान्तर

काठमाडौं । माघ १६ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘एक्टर :टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।


चलचित्र ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म भोलि देखि प्रदर्शन तयारीमा थियो । चलचित्रको प्रचार प्रसारका लागि अभिनेता राजवल्लभ कोइराला शनिवार मात्र अमेरिकाबाट नेपाल आएका थिए ।

चलचित्रको ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा गरिएको थियो । यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझी सहितका कलाकार सहभागी प्रिमियरमा चलचित्र हेरेपछि उपस्थितहरुले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका थिए । समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको यस चलचित्रका निर्देशक राजन भुसालको व्यापक तारिफ भएको छ । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो ।