देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नु पर्छ-नेपाल

देशान्तर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताए ।


उनले अमेरिकाको उदाहरण दिदै अहिले त्यहाँ भागाभाग भएको र बोल्यो कि पोल्यो भएको बताए ।
अर्को प्रसंगमा नेपालले कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्नुपर्ने बताए । विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले तर्क थियो ।