देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गर्ने

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले माघ १६ र १७ गते दुई दिन ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ ।
विभाग प्रमुखसमेत रहेकी पार्टी केन्द्रीय सदस्य उर्मिला थपलियाका अनुसार नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा ६ हजार भन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिक र विज्ञहरूको सहभागिता रहनेछ । नवप्रवर्तन र उद्यमशीलता मार्फत आर्थिक रूपान्तरण गर्ने तथा स्टार्टअपहरूका लागि लगानीका अवसर र चुनौतीहरू बारे छलफल गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो । पार्टी सभापती शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि आवश्यक सबै तयारी पुरा भइसकेकोे छ ।