काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु हुदै छ । एमाले संसदीय दलको बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा र माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको एमालेले जनाएको छ । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाएको हो । केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेन्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् ।
प्रतिक्रिया