देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’

देशान्तर

काठमाडौँ । गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, सङ्गीत र एरेन्ज समेत गायक तामाङकै छ । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । गायिका लामाले यो वर्ष मात्रै दर्जनौँ गीत सार्वजनिक गरेकी छन् । उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौँ जिन्दगीलाई’, ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ जस्ता गीतहरू चर्चित छन् ।