काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सभापति रवि लामिछानेसँग निरन्तर परामर्श र संवादमा पार्टीको गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ । बैठकमा मुख्यरुपमा सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको थियो ।
प्रतिवेदनमाथि साझा धारणा बनाउने र त्यसैअनुरूप सदनमा उपस्थित हुने निर्णय रास्वपाले गरेको छ । बैठकले पार्टीभित्र परेका उजुरीहरूलाई अनुशासन आयोगले हेर्ने निर्णय गरेको छ । यसैबीच रास्वपाका सभापति रवि लामिछानेले बोल्ने समय आएपछि मात्र बोल्ने बताएका छन् ।
कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपछि उनले सो कुरा बताएका हुन् । उनले सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया