काठमाडौं । हिजोदेखि बसेको नेपाली कांग्रेसले संसदीय दलको बैठक लम्बिएको छ । संसदीय दलको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेकोले अर्को बैठक शुक्रबार बिहान ८ः ३० बजे बस्ने भएको हो । अहिले सम्म ,१८ जनाले बोलेका छन् । बाँकीले बोलेपछि मन्त्री र पार्टीका शीर्ष नेताहरुले जवाफ दिएर बैठक सक्ने कांग्रेसको तयारी छ । बैठकमा संसदको आगामी बैठक र सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा केन्द्रित रहेर कुरा उठेका छन् ।
पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादन, सरकारले हालै ल्याएका अध्यादेश र प्रतिनिधिसभाको आसन्न अधिवेशनमा केन्द्रित रहेर सांसदहरूले धारणा राखेका छन् । यसैबीच नेपाली कांग्रेसले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताएका हुन् । प्रमुख सचेतक घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने पनि बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए ।
प्रतिक्रिया