देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर तय

देशान्तर

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे पनि छलफल भएको थियो । आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ । आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ ।