देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाको हेलिकोप्टर चढेर ओलीको जन्मभूमिमा प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम भ्रमणमा गएका छन् । सैनिक हेलिकोप्टरमा उनी उपमहासचिव वर्षमान पुनलाई लिएर पूर्वी पहाडी जिल्ला तेह्रथुम गएका हुन् ।

आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित सहिद धनरूपा पार्कको उद्‌घाटन गर्न उनी त्यहाँ पुगेका हुन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि प्रचण्डले आजै आठराई– २ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो गाउँपालिका– ३ ह्वाकु बगालेमा सहिद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहाहालय भवनको शिलान्यास गर्नेछन् ।

सो स्थानमा ०५८ साल माघ २४ गते सुरक्षाकर्मीको कारबाहीमा १८ माओवादी सेनाका लडाकु र तीनजना सर्वसाधारणको मृत्यु भएको थियो ।

मंगलबार बिहान आठराई– ६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको सालिक अनावरण गर्नेछन् ।

दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कनेछन् ।

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यामिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए ।

नियुक्तिपत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।