देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।

रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषयमा छलफल हुनेछ ।