भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बिमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”
उनले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
बिमा रकम पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।
प्रतिक्रिया