काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एक ढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ ।
आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा हिउँदे अधिवेशन, पार्टी र सकारका काम कारबाहीका बारेमा समेत छलफल भएको थियो । बैठक भोलि पनि बस्ने भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीबारे धारणा राखेका थिए भने महामन्त्री गगन थापाले समसामयिक बिषयमा आफ्ना भनाई राखेका थिए ।
बैठकमा सरकारले राम्रा कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएको थियो ।
सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।
प्रतिक्रिया