देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि अर्को व्यवस्था खोज्न थाले अर्को १० वर्ष खेर जान्छ : महामन्त्री थापा

देशान्तर

मीनकुमारी प्रतिष्ठानबाट तिलक, श्री र प्रचण्ड पुरस्कृत

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को १० वर्ष पनि खेर जाने टिप्पणी गरेका हुन्।

‘‘यो संविधानमा तलमाथि केही फेरबदल गर्ने हो, गरौँला,’ थापाले भने, ‘यो संविधानका आधारभूत कुराहरू हामीले चलाउने हो। फेरि हामी अर्को विकल्प, अर्को व्यवस्था हामी कसैले सोचिरहेका छौँ भने यो मान्नुहोला, अर्को १० वर्ष फेरि खेर जान्छ। यो भारी व्यवस्थालाई बोकाउने काम नगरम।’

संविधानअनुसार आवधिक निर्वाचन हुने र जित्नेहरूले सरकार चलाउने भन्दै थापाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने बताए। यद्यपि आफूहरूले नेतृत्व भने बदल्न खोजेको थापाको भनाइ छ।

‘अहिले हामीसँग एउटा संविधान छ, पाँच–पाँच वर्षमा चुनाव हुन्छ,’ उनले भने, चुनावमा पार्टीहरू आउँछन्। जित्छन्, हार्छन्। एउटा पार्टी हारेर केही पनि फरक पर्दैन। हाम्रो पार्टीले राम्रो गरेन भने अर्कोपटक चुनाव हार्छौँ हामी। केही हुँदैन। एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा होइन। एउटा महत्त्वपूर्ण कुरा हो नेतृत्व बदल्ने।’

मीनकुमारी राणा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको तीन विधाका पुरस्कार आज एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरेको हो । स्व. मीनकुमारी राणाको तेस्रो वार्षिक पुण्यतिथिका अवसरमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रजातन्त्र से नानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मा पुरस्कृत भए । सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगै मीनकुमारी राणाको प्रतिमा अनावरणस्थलमा कार्यक्रम आयोजना भएको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि अध्यक्ष कविर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । छनोट समितिमा वरिष्ठ साहित्यकार एवं आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका थिए भने सदस्यसचिवमा महासचिव रवि राणा रहेका थिए । ्

सबै पुरस्कारको राशि ५१ हजार १ रुपैयाँ रहेको पनि राणाले बताए । तेस्रो पुण्य तिथिकै अवसरमा समाजसेवी स्वर्गीय मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामाकरण गरिएको छ ।

प्रतिष्ठानले हरेकवर्ष मीनकुमारी राणाको वार्षिक पुण्य तिथिमा ३ विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । पहिलो पुण्यतिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुण्य तिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्वसांसद् एवं वरिष्ठ राजनीतिज्ञ लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी दुवै पुण्यतिथिमा राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार १ पूर्वविद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेललाई हस्तान्तरण गरिएको थियो ।