देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकियो – प्रतिवादीका वकिलको पालो आएन

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । आज लामिछानेका वकिलहरुको भने पालो आएन ।
आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए । बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेकाले यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।


प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन् । बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।
आजको आफ्नो बहसका क्रममा बरिष्ठ अधिवक्ता त्रिपाठीले लामिछानेलाई थुनामा पठाउनैपर्ने माग गरेका थिए । त्रिपाठीले आफूमाथि भएको हातपातको प्रसंग पनि निकालेका थिए । रवि गृहमन्त्री हुँदा मुद्दा नचलेको र अनुसन्धान अधिकृतको सरुवा भएको उनले आरोप लगाएका थिए । प्रधानमन्त्री र महानिरीक्षकले पनि गलत जानकारी दिएको उनको दावी थियो ।