काठमाडौं । भारतको महाराष्ट्रमा दुई रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिएको थियो ।
रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ । दुर्घटनामा मृत्यु हुने नेपालीमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेका छन् । उनीहरूको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।
बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्ला पुष्पक एक्सप्रेसमा आगलागी भएको अफबाह फैलिएपछि केही यात्रु रेलको चेन तानेर बाहिर निस्किए भने केहीले रेलबाट हाम फालेका थिए ।
प्रतिक्रिया