काठमाडौं । लामो समयदेखि हास्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘काकु’को भूमिकामा अभिनय गर्दै आइरहेका दीपक आचार्यको डेब्यू निर्देशनमा चलचित्र ‘परान’बन्ने भएको छ ।
बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा चलचित्रका कलाकार र प्राबिधिक टिमको जानकारी सहित चलचित्रको निर्माणको औपचारिक घोषणा गरिएको हो । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाको लगानी रहने चलचित्रका अर्का निर्माता रन्जित आचार्य हुन् । गोल्छाको यो पहिलो निर्माण हो ।
चलचित्रमा नीर शाह प्रमुख भूमिकामा रहने छन । त्यसैगरी अभिनेता मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल पूजा चन्द, अञ्जना बराइली , केकी अधिकारी ,प्रविण खतिवडा महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ र बालकलाकार आर्यदीप आचार्यको अभिनय रहने छ । चलचित्रको छायाँकन फागुनको पहिलो साता देखि धनकुटामा हुनेछ । बाइस्कोप सिनेमा प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई शिवराम श्रेष्ठले छायाँकन गर्ने छन भने सम्पादन मित्र देव गुरुङ र रंग संयोजन सुप्रिम पराजुलीले गर्ने छन् ।
प्रतिक्रिया