काठमाडौं । आईसीसी यू–१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाबाट जितका लागि १४० रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । समूह डी म यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ । अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
प्रतिक्रिया