काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् । लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनु पर्ने भन्दै सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेको र भनिरहने बताएका छन् ।
राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने मोदीले चेतावनी दिएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई दिने प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मागिएको बिपक्षीको भनाई छ ।
प्रतिक्रिया