युरो किड्स अन्तर्राष्ट्रियरुपमा ख्याति कमाएको प्रि स्कूल चेन हो । बालबालिकाहरुको चौतर्फी विकासको लागि युरो किड्स निकै उपयोगी मानिएको छ । जसले बालबालिकाहरुलाई शारिरीक तथा मानसिक रुपमा सन्तुलित तुल्याउँछ । यो प्रयोगात्मक भएकाले बालबालिकाहरुलाई सिकाउन सहज र सजिलो हुन्छ । यो शिक्षण विधिमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक तथा प्रयोगात्मक विधिमा व्यावहारिक ज्ञान दिने गरिन्छ । प्रयोगात्मक तथा व्यावहारिक ज्ञानबाट बालबालिकाहरुमा आत्मविश्वास बढ्ने, क्षमताको विकास हुने, सकारात्मकताको विकास हुने, स्मरणशििक्त बढने, चुनौंतीको सामना गर्ने क्षमताको विकास हुन्छ । बालबालिकाहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आईरहेका कारण युरो किड्स अहिले विश्व प्रख्यात छ । आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरेर शिक्षणविधिप्रति अहिले अभिभावकहरुको आकर्षण बढ्दै गईरहेको छ ।
आफ्नै नवीन र सिर्जनात्मक शैक्षिक पद्धति अवलम्बन गर्दै स्थापनाको छोटो समयमा नै आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको एउटा बिद्यालय हो काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित युरो किड्स । उत्कृष्ट भौतिक संरचनाले युक्त यस बिद्यालयमा बालबालिकाहरुले सुरक्षित र रमाइलो अनुभवका साथ ज्ञान आर्जन गर्दै आएका छन् । यस बिद्यालयले बालबालिकाहरुको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै बिद्यालयको पूर्वाधार तयार गरेको छ । बालबालिकाहरुलाई स्वस्थ, सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस बिद्यालयको विशेषता हो । पूर्णरुपमा व्यावहारिक विधिले बालबालिकाहरुलाई पढाइने यस बिद्यालयमा श्रव्यदृश्य र मनोरञ्जनात्मक सिकाईलाई जोड दिंदै पठनपाठन हुने गरेकाले पनि बालबालिकाहरु पनि निकै खुशी छन् । पारिवारिक वातावरण, स्वच्छ खानेकुरा, सफा र सहज खेलमैदान तथा मायालु वातावरणले यस बिद्यालयमा बालबालिकाहरु रमाएर सिकिरहेका छन् । युरो किड्स नयाँ बानेश्वरले बालबालिकाहरुको शारीरिक, मानसिक, बौद्धिकका साथै शैक्षिक तथा व्यावहारिक विकासमा विशिष्ट योगदान दिन सफल भएको छ । विविध प्रकारका मनोरञ्जनात्मक शिक्षण सिकाईलाई क्रियाकलापको माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्दै आएको छ यस युरो किड्स नयाँ बानेश्वरले ।
यस बिद्यालयले बिद्यार्थीहरुको मनोविज्ञान बुझेर क्षमताको पहिचान गर्दै अध्यापन गर्दै आईरहेको छ । यस विद्यालयले बालबालिकाहरुमा रहेको क्षमतालाई प्रस्फुटन गराउन प्रोत्साहित समेत गर्दै आएको छ । यस बिद्यालयमा बालबालिकाहरु रमाउन सक्ने पर्याप्त खुला स्थान र आवश्यक सम्पूर्ण खेलकूद सामाग्रीहरुको व्यवस्था छ । मौसम अनुसार बालबालिकाहरुलाई दैनिक तीन पटक स्वस्थ र स्वच्छ खाना, वर्तमान समय अनुसारको सुहाउँदो शुल्क लिने गरेको छ यस बिद्यालयले । प्रत्येक कक्षामा एक शिक्षक, १ असिष्टेन्ट शिक्षक र १ जना सिस्टर राखिन्छ ।
यस बिद्यालयमा बालबालिकाहरुले घरमा पाउने मायालु व्यवहारका साथै पृथक सिकाई प्राप्त गरिरहेका छन् । बालबालिकाहरुको मनोविज्ञान पर्याप्त ज्ञान हासिल गरेका अनुभवी तथा तालिम प्राप्त शिक्षिकाहरु तथा सिस्टरहरु छन् यस बिद्यालयमा । अहिले प्ले गु्रपदेखि कक्षा १ सम्म सञ्चालनमा रहेको यस युरो किड्सले आगामी बर्षमा कक्षा थप गर्दै लैजाने योजना रहेको युरो किड्स नयाँ बानेश्वरका अध्यक्ष सगीर आलमले बताए ।
बालबालिकाहरुलाई विभिन्न क्रियाकलापमा सहभागी बनाएर सिकाइने गरिन्छ यस युरो किड्स बानेश्वरमा । अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबालिकाहरुलाई नृत्य, संगीत, अभिनय, शैक्षिक भ्रमण लगायतमा सहभागी गराइन्छ । यसका साथै समय समयमा बालबालिकाहरुको अनुभवी चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण समेत हुने गरेको छ । विभिन्नि विशेषताहरुका कारण अभिभावकहरुको पहिलो रोजाई बन्न पुगेको युरो किड्स नयाँ बानेश्वरले अहिले आफ्नो विशिष्ट छाप छोडेको छ ।
प्रतिक्रिया