काठमाडौं । आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ ।
संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज दिउँसो एक बजे तय भएको बैठक स्थगित भएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो । तर मन्त्री उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।
अब भोलि बिहान साढे ११ बजे बस्ने छ ।
प्रतिक्रिया