काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् । कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि यहाँ https://www.himalayanbank.com/en/offers हेर्न सकिने छ।
प्रतिक्रिया