देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने

देशान्तर

काठमाडौं । सहकारी ठगी मुद्दाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी मंगलबारै बुटवल पुगिसकेका छन् ।

रुपन्देहीमा उनीमाथि सुप्रिम सहकारीको रकम अपचलन गरेको मुद्दा छ । सोही मुद्दाका क्रममा लामिछाने बुटवल पुगेका हुन् । उनी आज आफैँ अदालतमा उपस्थित हुने तयारीमा रहेको जनाइएको छ ।

सुप्रिम सहकारीमा भएको करिब १३ करोड हिनामिनामा लामिछानेसँग बयान लिइने तयारी छ । बुधबार १० बजेअघि नै उनी अदालतमा उपस्थित हुने तयारी छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहस सकिनासाथ उनलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा छुटेका हुन् । त्यस्तै जिल्ला अदालत काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा उनलाई ६० लाख धरौटीमा छाडेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा पनि मुछिएपछि उनी बयानका लागि त्यसतर्फ गएका हुन् । लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।