देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक लेखा समितिमा परेका सय उजुरी समितिका सदस्यलाई

देशान्तर

काठमाडौं । सार्वजनिक लेखा समितिमा परेका सय उजुरी समितिका सदस्यलाई बुझाइएको छ । लेखा समितिको मंगलबार बसेको बैठकमा समितिका सदस्यहरुलाई वितरण गरिएको हो । समितिका सदस्यहरुलाई बुझाइएको उजुरीका चाङमा कुकुल्यान्ड पुस्तकमा उल्लेख गरिएको टेलिकमको भ्रष्टाचारदेखि करसम्मका विषय समावेश गरिएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए । सभापति पोखरेल नैतिक हिसाबले कमजोर भएको बताए ।


सहकारी ठगी प्रकरणमा श्रीमती र भ्रष्टाचारमा पीए जोडिए पनि दाहाल समिति सभापतिमा टाँसिएर बसेको उनले आरोप लगाए । लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिने अभ्यास भएको उनले बताए । उनले समिति सरकारको लाचार छायाजस्तो भएको टिप्पणी गरे । उजुरीमाथि छलफल नभएको उनले उल्लेख गरे । लेखा समितिले दायित्व वहन गर्न नसकेको उनले बताए । बेरुजु फछ्र्योटमा उपसमितिलाई कानुनी अड्चन भएको उनको भनाइ थियो ।


नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले भ्रष्टाचारसँग जोडिएका उजुरीलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिमा उजुरीहरू आउनु स्वाभाविक भएको बताए । बैठकमा उनले अध्यादेश कसरी अलोकतान्त्रिक हुन्छ ? भन्दै उनले भने– ’अलोकतान्त्रिक हो भने सरकारले अध्यादेश ल्याउन पाउने बुँदा नै झिकेर फाल्दिऊ न । अध्यादेश हिजो पनि आएको छ । अहिले धन्न २० प्रतिशतमा दल फुटाउने अध्यादेश त आएको छैन । ’ एउटा दलले अर्कोलाई आरोप लगाउने र टाउको झुकाएर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।