देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न सिफारिस

देशान्तर

काठमाडौं । सरकारले संघीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान छ ।

संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । विपक्षी दलले संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका थिए । अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश जारी गरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए ।